d

एमालेले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज ताेक्याे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 काठमाण्डाै – नेकपा एमालेले सात वटै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकेको छ । आज आइतवार भक्तपुरमा बसेकाे केन्द्रीय कमिटी बैठकले सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज ताेकेकाे हाे । 

बैठकले प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने र इन्चार्जमा देवराज घिमिरेलाई ताेकेकाे छ । यस्तै प्रदेश २ को अध्यक्षमा रामअवतार यादव र इन्चार्जमा रघुवीर महासेठ, वाग्मतीको अध्यक्षमा केशवराज पाण्डे र इन्चार्जमा काशीनाथ अधिकारी तथा गण्डकीको अध्यक्षमा नवराज शर्मा र इन्चार्जमा पद्मा अर्याल चयन भएकी छिन्  ।

यस्तै लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल र इन्चार्जमा छविलाल विश्वकर्मा, कर्णालीको अध्यक्षमा विनोदकुमार शाह र इन्चार्जमा यमलाल कँडेल तथा सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी र इन्चार्जमा लेखराज भट्ट चयन भएका छन्।  

यस्तै केन्द्रीय कमिटी बैठकले काठमाण्डाै उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई तोकेको छ । 

 

Image: Deukhuri Today

Views: