d

एमाले नेताहरूकाे वरीयताक्रम ताेकियाे, उपाध्यक्षमा थापापछि पाैडेल र नेम्वाङ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 
काठमाण्डाै – नेकपा एमालेले पार्टीका नेताहरू (पदाधिकारीहरू) काे वरीयताक्रम ताेकेकाे छ । आज आइतवार भक्तपुरमा बसेकाे केन्द्रीय कमिटी बैठकले पदाधिकारीहरूको वरीयताक्रम तोकेको हाे ।

वरीयताक्रम अनुसार अध्यक्ष केपी ओली पहिलो र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दोस्रोमा रहेका छन्  । यस्तै उपाध्यक्षहरूमा युवराज ज्ञवाली पहिलो, रामबहादुर थापा दोस्रो, विष्णु पौडेल तेस्रो, सुवास नेम्वाङ चौथो र सुरेन्द्र पाण्डे पाँचौँ वरीयतामा रहेका छन् ।

यस्तै महासचिव शंकर पोखरेलपछि उपमहासचिवमा प्रदीप ज्ञवाली पहिलो, पृथ्वीसुब्बा गुरुङ दोस्रो र विष्णु रिमाल तेस्रो वरीयतामा रहेका छन्।

सचिवहरूमा टोपबहादुर रायमाझी पहिलो, लेखराज भट्ट दोस्रो, रघुवीर महासेठ तेस्रो, छविलाल विश्वकर्मा चौथो, गोकर्ण विष्ट पाँचौँ, योगेश भट्टराई छैटौँ र पद्मा अर्याल सातौँ नम्बरमा परेका छन्।  

Views: