d

कांग्रेसको महाधिवेशनमा काेलकाताका माछा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहभागीको भोजनका लागि दैनिक दुई हजार चार केजी माछा काेलकाताबाट आयात गरिएको छ ।

यही मङ्सिर २४ गतेदेखि कांग्रेसको महाधिवेशन काठमाण्डाैकाे भृकुटीमण्डपमा सुरु भएको छ । भोजनको प्रबन्ध दियालो र अनुपम फुडल्यान्डले संयुक्त रूपमा गरेका छन् । दियालो फुडल्यान्डका प्रबन्ध निर्देशक खोमराज खरालले दैनिक ६ हजार व्यक्तिलाई तीन छाक भोजन खुवाउने गरेको र माछा धेरै जनाले खाने गरेकाे हुँदा खपत बढेको बताउनुहुन्छ । 

कांग्रेसको महाधिवेशनभर झन्डै दश टन माछा खपत हुने अनुमान छ । अधिवेशनमा दैनिक आठ सय केजी कुखुरा र आठ सय केजी खसीको मासु खपत हुने गरेको छ ।

अधिवेशनको बिहान नास्ताका लागि झन्डै १२ हजार अन्डा खपत भएको थियो । अधिवेशनमा दैनिक ६ हजार व्यक्तिका लागि भोजन तयारी  गरिएको छ । प्रतिदिन प्रतिव्यक्ति दुई हजार दुई सय रुपैयाँका दरले बिहानको नास्ता र दुई छाक खाना खुवाउनुपर्ने सम्झौता भएको दियालो फुडल्यान्डका अध्यक्ष जनप्रकाश चापागाईँले जानकारी दिनुभयो । खानामा शाकाहारी र मांसाहारी दुवै थरीका भोजन तयार गरिँदै आएको बताइन्छ । रासस।  

Views: