d

इक्वेडरमा बस दुर्घटना, १८ को मृत्यु, २५ घाइते

Views:
Responsive Image Gallery
Responsive Image Gallery

इक्वेडर । इक्वेडरमा बस दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । सो दुर्घटनामा अरू २५ जना घाइते भएका छन् । दक्षिणी इक्वेडरको मोरोना सान्टियागोमा सो बस दुर्घटनामा परेको थियो । त्यसमा परेर १८ जनाको ज्यान नै गएको र अरू २५ जना घाइते भएका त्यहाँका प्रहरी अधिकारीहरुले जनाएका छन् ।

शनिबार राति सो दुर्घटना भएको थियो । दुर्घटनामा परेका घाइतेहरूलाई अस्पताल पुर्‍याइएको बताइएको छ । दुर्घटनाको कारणका बारेमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएका छन् । 

Views: