d

डा. लोहनीको टिप्पणी: कम्युनिस्ट नेता दाहाललाई चीनमा विकशित पुँजी बजारको ज्ञान रहेनछ!

Views:
Responsive Image Gallery
Responsive Image Gallery

डा लोहनीको टिप्पणी: कम्युनिस्ट नेता दाहाललाई चीनमा विकशित पुँजी बजारको ज्ञान रहेनछ!

काठमाण्डौ: राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा निवर्तमान अध्यक्ष डा प्रकाश चन्द्र लोहनीले शेयर बजारलाई साम्राज्यवादको विकशित रुप भएको बताउने कम्युनिस्ट नेता प्रचण्डले पुँजी बजारको बारेमा अध्ययन नगरी बोलेको भन्दै टिप्पणी गरेका छन्।  विगतका केहि वर्षमा कम्युनिस्ट मुलुक चीनमा भएको पुँजी बजारको विस्तारको समेत प्रचण्डमा ज्ञान नभएको लोहनीले बताएका हुन्।  । 

सामाजिक संजाल फेसबुकमा लोहनी लेख्छन्, 'माओबादीका नेता  श्री पुष्प कमल दाहालजीले पुँजी बजारमा  लगानी गर्नु सम्राज्यबाद को बिकसित रुप भएको टिप्पणी  गरेका छन्। बिगतका  केहि वर्षमा   चिनमा भएको पुजी बजार को विस्तार पनि के सम्राज्यबाद कोबिकसित रुप  हो?  ठोकेर केहि कुरा बोल्ने अगाडी प्रचण्ड जीले अलि चिन्तन गरे कसो होला?'

माओबादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै भनेका थिए, 'शेयर बजार साम्राज्यवादको विकशित रुप हो, यसले विश्वका ८० प्रतिशत मानिसलाई भोक संग लड्न बाध्य पार्ने छ।'

प्रचण्डको यो भनाइले शेयर बजारका लगानीकर्ताहरुमा निराशा छाएको र शेयर बजारको भविष्य माथिकै प्रहार भएको भन्दै गम्भीर आक्रोश व्यक्त गर्न थालिएको छ।  

Views: