d

काँग्रेस महाधिवेशन: सभापति बन्न २३४० मत चाहिने, मत गणना शुरु 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली काँग्रेसको सभापति पदमा विजयी हासिल गर्न २३४० मत ल्याउनु पर्ने भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सभापतिका पदको मतगणना सुरु भएको छ । 
सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । मतगणनामा सभापतिका कुनैपनि उम्मेदवारले २३४० भन्दा कम मत ल्याएमा शीर्ष मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । 
कुल ४ हजार ७४३ प्रतिनिधि भएको काँग्रेसमा ४ हजार ६७९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।  काँग्रेस सभापतिको उम्मेदवारमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ रहेका छन् । 

Views: