d

काँग्रेसमा मतदान: ४६७९ ले खसाले, रामचन्द्र पौडेलले दिएनन् भोट 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काँग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार भएको मतदानमा वरिष्ठ नेता रामचन्द्र  पौडेलसहित ६४ जना मतदाता अनुपस्थित भएका छन् ।  मतदानमा ४७४३ मतदातामध्ये ४६७९ जना मात्रै सहभागी भएको निर्वाचन समितिले जनाएको छ । 


संस्थापन इतर समूहमा सभापतिको साझा  उम्मेदवार तय हुन नसकेपछि पौडेलले महाधिवेशनको चुनावी प्रक्रियामा माग नलिएका हुन्। पौडेल समूह विभाजित भई शेखर कोइराला र प्रकाशमान सिंह सभापति उम्मेदवार भएका छन् ।
यसैबीच मतदानको सम्पूर्ण नतिजा आउन कम्तिमा पनि पुस ३ गतेसम्म लाग्ने बताइएको छ । सबैभन्दा पहिला सभापति र त्यसपछि अन्य पदको मतगणना हुनेछ ।

Views: