d

राप्रपा नेता संग्रौलाले ११ सय थान कम्बल वितरण गर्ने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 झापा: झापाको निर्वाचन क्षेत्र नं. ५ मा बृहत् रूपमा कम्मल वितरण गर्ने योजना अगाडी बढाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पर्दाफास मिडिया प्रा. लि. का प्रमुख सल्लाहकार लक्ष्मी प्रसाद संग्रौलाको सौजन्यमा क्षेत्र नं. ५ भित्र बसोबास गर्ने अति विपन्न, दलित, असहाय, एकल, तथा सिमान्तकृत समुदायका परिवारलाई ११ सय थान कम्मल वितरण गर्ने तयारी गरिएको हो । चिसोको मौसमबाट प्रभावित समुदायलाई मानवीय सहायता पुर्याउने उद्देश्यले न्यानो कपडा वितरण गर्ने योजना अनुसार पहिलो चरणमा गौरिगन्ज गाउँ पालिका वडा नं. ४ मा बसोबास गर्ने अति विपन्न, असहाय, एकल, पिछडिएका तथा सिमान्तकृत ३७५ परिवारलाई कम्बल वितरण गरिने नेता संग्रौलाले बताउनुभएको छ । 'जाडोको मौसममा उच्च जोखिममा रहेका समुदायलाई न्यानो कपडा वितरण योजना अगाडी सारेका छौं ।', संग्रौलाले बताउनुभयो । वितरण कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको उपस्थिति रहने समेत वहाँले बताउनुभयो । 'हाम्रो पार्टीका श्रदेय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ज्यूको समुपस्थितीमा न्यानो कपडा वितरण गर्ने योजना रहेको छ, कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न हुने विश्वास लिएका छौँ।', पर्दाफाश संग कुरा गर्दै नेता संग्रौलाले बताउनु भयो । अध्यक्ष लिङ्देनको आगामी शनिबार झापा आउने बताइएको छ । अध्यक्ष लिङ्देन शनिबार दिनभर बिर्तामोडमा शुभकामना आदानप्रदानमा व्यस्त रहने तथा पौष ४ गते आइतबार झापा क्षेत्र नं. ५ का विभिन्न स्थानमा गरिने न्यानो कपडा वितरण कार्यक्रममा अध्यक्ष लिङ्देनको सहभागीता रहने जनाइएको छ ।

 

फ़ाइल फोटो

Views: