d

 डेढ घण्टामा १३ सय मत खस्याे

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि भइरहेकाे दाेस्राे चरणकाे मतदानमा अहिले ५ बजेसम्म १३ सय मत खसेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको चुनावका लागि प्रतिस्पर्धा भएको हो । राष्ट्रिय सभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि मत सङ्केत गर्न ६ वटा ठाउँ कायम गरिएको छ ।

हिजाे सोमवार भएको चुनावमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि फेरि चुनाव भएको हो ।

दिउँसाे साढे ३ बजेदेखि सुरु भएकाे मतदानका लागि बेलुकी साढे ७ बजेसम्मको समय व्यवस्थापन गरिएको बताएको छ।  

Views: