d

संघीय संसद भवन अगाडि एमसिसीको विरोधमा प्रदर्शन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को बिरोधमा नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर प्रदर्शन गरिएको छ । मंगलबार सिपी गजुरेलको नेतृत्वमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाललगायतका घटकहरुको आह्वानमा एमसीसीको विरोध गर्दै संसद भवन बाहिर प्रदर्शन गरिएको हो ।
दजनौँको संख्यामा भेला भएका युवाहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, दलालहरु होसियार, एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए भने कालो झण्डा प्रदर्शन गरेका थिए ।
एमसीसीविरुद्ध नाराबाजी गरेको भन्दै ४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेललगायत रहेका छन् ।

Views: