d

संसद बैठक: एमालेको बिरोधलाई चिर्दै ६ वटा अध्यादेश पेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध जारी राखेको हो ।

file image बैठकमा गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संसोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ पेश गरे । त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्रीको तर्फबाट पनि मन्त्री बडूले रेल्वे अध्यादेश २०७८ पेश गरे । त्यस्तै यौन हिंसाबिरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पनि पेश मन्त्री बडूले बैठकमा पेश गरे ।

एमालेले मंगलबार शुरु भएको संसद अधिवेशनको पहिलो बैठकमा पनि आफूले गरेको सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै बिरोध गरेको हो । यसअघिको अधिवेशनमा पनि एमालेले सोही विषयलाई लिएर सांसद अवरुद्ध गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस ६ गते मंगलवार दिउँसो १ बजे बस्नेछ ।

Views: