d

वाग्मती प्रदेश: तेस्राे पटक मन्त्रिपरिषद् विस्तार, पत्रकारलाई प्रवेशमा 'रोक'  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

मकवानपुर – वाग्मती प्रदेशका नवनियुक्त पाँच मन्त्री र एक राज्यमन्त्रीले आज (मङ्गलवार) बेलुकी पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मकवानपुरका पत्रकारहरूलाई गेटबाहिर नै राखेर मन्त्रीहरूको शपथ ग्रहण गराएका हुन् । सरकारी मिडियाबाहेकका मिडियालाई प्रदेश प्रमुखको गेटबाहिर नै राखेर मन्त्री र राज्यमन्त्रीहरूको शपथ ग्रहण भएकाे बताएको छ । 

पत्रकारलाई बाहिर राखेर शपथ ग्रहण नगर्ने भनेर नवनियुक्त मन्त्रीहरूले भन्दा पनि अटेर गर्दै प्रदेश प्रमुखले पत्रकारलाई गेट भित्र छिर्न नै नदिएर शपथ ग्रहण गराएका हुन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा पाँच मन्त्री र एक राज्यमन्त्री थप गरेका थिए । 


 

Views: