d

विकास बैंक र फाइनान्सले पुरानै व्याज दरलाई निरन्तरता दिने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि पुसको लागि व्याज दर नबढाउने सहमति गरेका छन् । संघको छुट्टाछुट्टै बसेको बैठकले मंसीर महिनाको लागि प्रकाशित व्याज दरलाई पुस महिनामा पनि निरन्तरता दिने बताएका छन् ।

नेपाल बैकर्स संघले केही दिन अघि व्याज दर नबढाउने निर्णय गरेका थिए । बैकर्स संघले फाइनान्स संघ र विकास बैंक संघलाई पनि साथै लिएर जाने निर्णय बमोजिम आइतबार बैठक बसेको थियो । तीनवटै संघको बैठक पछि पुनः फाइनान्स संघ, विकास बैंक संघको बैठकले पनि व्याज दर नबढाउने निर्णय गरेको हो ।

‘व्याज दर बढाउँदा पनि निक्षेप खासै नबढेकाले व्याज दर नबढाउने र पुरानौ व्याज दरमा निरन्तता दिने निर्णय गरेका छौं ।’नेपाल फाइनान्स संघका अध्यक्ष एवम् गुडविल फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले बताए ।


त्यसैगरी विकास बैंक संघले पनि यस महिनाकै व्याज दरलाई पुस महिनामा पनि निरन्तरता दिने बताएका छन् । संघका अनुसार व्याज दर नबढाउने सहमति भएको र बुधबार मंसिर महिना प्रकाशित व्याज दरलाई नै पुनः प्रकाशित गरिनेछ ।

चालु आर्थिक वर्ष शुरु भएदेखि नै बैकिङ प्रणालीमा तरलता अभाव भएपछि बैक तथा वित्तीय संस्थाहरुले व्याज दर बढाएर निक्षेप बढाउने प्रतिस्पर्धा गरेका थिए । बैंकहरुको प्रतिस्पर्धापछि राष्ट्र बैंकले व्याजदरमा नियन्त्रण गर्न निर्देशन नै जारी गर्नुपरेको थियो । बैंकहरुले व्याज दरमा तीव्र प्रतिस्पर्धा गरेपछि केन्द्रीय बैंकले निर्देशन जारी गरेर अघिल्लो महिनाको भन्दा १० प्रतिशतले मात्रै निक्षेपको व्याज दर वृद्धि गर्नु पाउने निर्देशन दिए । त्यसैगरी १० प्रतिशतले व्याज दर बढाउने निर्देशन दिँदा पनि व्याज दर बढ्ने क्रम नरोकिए पछि राष्ट्र बैंकले पुनः अघिल्लो महिनाको औसत व्याज दरमा १० प्रतिशत मात्रै व्याज दर बढाउन पाउने निर्देशन दिए । पछिल्लो निर्देशनपछि भने वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको व्याज दरमा खासै अन्तर देखिएको छैन ।

Views: