d

देउवाको विजयमा पार्टीले अबिरजात्रा नगर्ने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले शेरबहादुर देउवाको विजयमा उत्सव नमनाउने बताएका छन् । पार्टीको आन्तरिक निर्वाचन भएकाले जितको खुसीयालीमा अबिरजात्रा र नाराबाजी नगर्ने उनले बताए ।
 
विपक्षी पार्टीलाई पराजित गरेजस्तो विजयउत्सव मनाउन आवश्यक नरहेको उनले स्पष्ट पारे । पार्टीका अन्य पदाधिकारी र सदस्यको मतपरिणाम आएपछि जिम्मेवारी सम्हाल्दै सुभकामना आदानप्रदान गरिने नेता खाँडको भनाइ छ ।  

सभापति पदका लागि भएको मतदानको मतगणनाको अन्तिम नतिजापछि सञ्चारकर्मीसँग उनले पराजित भएको समूहलाई पार्टीले जिम्मेवारी दिने जानकारी दिए । सबै पक्षलाई समेटेर पार्टीलाई थप सशक्त बनाउँदै अगाडि बढाउने रणनीति रहेको उनको भनाइ छ । निर्वाचन समितिले अन्तिम मतपरिणाम सुनाउँदा देउवा मतगणास्थलमा थिएनन् । 

१४औँ महाधिवेशनले नयाँ कार्यसमितिको केन्द्रीय सभापतिमा शेरबहादुर देउवालाई निर्वाचित गरेको छ । प्रतिस्पर्धी डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा नयाँ कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । बाह्रखरी

Views: