d

भारतले नेपालसँगको सम्बन्ध टुट्न दिँदैनः भारतीय रक्षामन्त्री सिंह

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको सम्बन्ध बिर्गान चाहने शक्तिहरु रहेको बताएका छन् ।
बुधबार उत्तराखण्डमा आयोजित कार्यक्रममा सिंहले दुई मुलुकबीचको सम्बन्धको बारेमा चर्चा गरे ।
भारतीय सञ्चार माध्यम एएनआईका अनुसार सिंहले दुई मुलुकको सम्बन्धलाई टुट्न नदिने बताए ।
‘नेपालसँग भारतको सम्बन्ध बिगार्न चाहने शक्तिहरू छन् । सरकारको प्रतिनिधिको हैसियतमा म तपाईंलाई भन्न चाहन्छु कि यदि हामीले हाम्रो शिर झुकाउनु पर्यो भने झुकाउछौं,’ उनले भने,‘तर हामी हाम्रो छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिदैनौं ।’

Views: