d

भारतमा महिलाले बिहे गर्न पाउने उमेर १८ बाट २१ पुर्याइयो

Views:
Responsive Image Gallery
Responsive Image Gallery

भारतमा महिलाहरूको अब २१ वर्ष नपुगी बिहे गर्न नपाउने भएका छन् । यसअघि विवाहको कानुनी उमेर १८ वर्ष थियो । 

भारतको केन्द्रीय मन्त्रिपरिषद्ले बुधबार बिहे गर्न पाउने उमेर १८ बाट २१ वर्ष पुर्याउने प्रस्ताव पारित गरेको छ। 

पुरुषको हकमा भने यसअघिदेखि नै २१ वर्ष थियो । मन्त्रिपरिषद्ले बुधबार पुरुषसरह महिलाहरूको लागि विवाहको कानुनी उमेर २१ वर्ष पुर्याउने प्रस्ताव पारित गरेको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०२० को स्वतन्त्रता दिवसको सम्बोधनमा सो योजना घोषणा गरेका थिए। करिब एक वर्ष भन्दा बढी समयपछि यसलाई अघि बढाइएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।


मन्त्रिपरिषद्को स्वीकृतिपछि सरकारले ‘बालविवाह निषेध ऐन, २००६’मा संशोधन ल्याउने र ‘विशेष विवाह ऐन र हिन्दू विवाह ऐन, १९५५’ जस्ता कानुनमा संशोधन गर्ने बताइएको छ।

Views: