d

कांग्रेसमा सिटौलाको राजनीतिक हार, गगन र विश्वप्रकाशको उदय

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको समर्थन सुशील कोइरालालाई थियो। 


कांग्रेसको तत्कालीन विधानमा महामन्त्री मनोनयन अधिकार सभापतिले राखेका थिए। सभापतिको भिडन्तमा शेरबहादुर देउवालाई हराएपछि सुशील कोइरालाले त्यही अधिकार प्रयोग गर्दै सिटौलालाई महामन्त्री बनाए।

सुशीलको निधनपछि त्यस समूहको बिँडो थाम्ने योजनामा थिए उनै सिटौला। तर, १३ औँ महाधिवेशनमा कोइराला समूहबाट रामचन्द्र पौडेल सभापतिका उम्मेदवार बने। 

पौडेल उम्मेदवार बनेपछि सिटौलाले कांग्रेसमा तेस्रो धार जन्माएर छुट्टै प्यानल खडा गर्दै महाधिवेशनमा उत्रिए। त्यसपछि उनै सिटौला सभापति र गगन थापा महामन्त्री पदको प्रतिस्पर्धामा उत्रिए। तर सिटौलाले तेह्रौँमा पनि केही सफलता हात पार्न सकेनन्। 


तेह्रौँमा देउवा, पौडेल र सिटौला तीनजना सभापतिको मैदानमा थिए। त्यसबेला पहिलो चरणको निर्वाचनमा कसैले बहुमत पाउन नसक्दा दोस्रो चरणमा देउवा र पौडेल भिडेका थिए। 

त्यसबेला पनि सिटौलाले पौडेललाई सघाउने सबैको अनुमान थियो। तर, त्यसलाई गलत सावित गर्दै देउवासँग अँगालो हाल्न पुगेपछि उनले कोइराला परिवारसँग उनको सम्बन्धमा पूर्णविराम लाग्यो।

१३औँ महाधिवेशनको पहिलो चरणको चुनावमा देउवासँगै प्रतिस्पर्धामा रहेका सिटौलाले १४औँ महाधिवेशनमा सभापतिमा उठ्ने हिम्मत गरेनन्। बरु सभापतिका प्रत्यासी देउवाको मनोनयनमा सिटौला समर्थक भइदिए।

देउवा–सिटौला समूहबीच पालिका अधिवेशनबाटै समीकरण सुरु भएको थियो। काठमाडौँ, झापा, मोरङलगायत जिल्ला अधिवेशन हुँदै उक्त समीकरण प्रदेशसम्म पुगेको थियो। 

देउवाको सहयोगमा सिटौलाले प्रदेश १ मा आफूनिकट उद्धव थापालाई जिताए। यता सिटौलाको सहयोगमा देउवानिकट इन्द्र बानियाँ बागमती प्रदेश सभापति भएका छन्। नेपाल खबर । 
 

Views: