d

राप्रपा नेता संग्रौलाको सौजन्यमा बैरातीका ७० परिवारलाई कम्बल वितरण (फोटो फीचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा झापाको गौरादह नगरपालिका वडा नं. ८ स्थित बैराती बजार आसपासमा बसोबास गर्ने ७० विपन्न परिवारलाई न्यानो कपडा कम्बल वितरण गरिएको छ ।  राप्रपा नेता तथा समाजसेवी लक्ष्मीप्रसाद संग्रौलाको सौजन्यमा अति विपन्न, असहाय, एकल तथा सीमान्तकृत समुदायलाई लक्षित गरि कम्बल वितरण गरिएको हो । 

शुक्रवार बैराती बजारमा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अगुवा नेता कार्यकर्ता तथा स्थानियहरुको उल्लेख्य उपस्थिति रहेकोे थियो । 

स्थानीय समाजसेवी रेवत राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी नेता संग्रौलाले गाउँघरमा आउँदा सानो मायाको कोसेली लिएर आएकोले यसलाई राहतको रूपमा नबुझ्न आग्रह गरे । आफ्नो कष्टप्रद बाल्यकालको सम्झना गर्दै नेता संग्रौलाले ब्यापार व्यवसायबाट भएको आम्दानीको सानो हिस्सा समाजसेवामा खर्च गर्ने गरेको बताए । बिपन्न वर्गको ध्यान राज्यले पुर्याउन नसकेको भन्दै संग्रौलाले गणतन्त्र र धर्म निरपेक्षताले मुलुक असफलता तर्फ जान लागेको जिकिर गरे । 
गणतन्त्र नव घरानियाको कमाई खाने माध्यम बनेको बताए । 

बैराती बाट ठुलो संख्यामा विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्ने स्थानीयको तयारी रहेको राजवंशीले सुनाए।  

मुलुक अप्ठ्यारो परिस्थितिमा गुज्रेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले काध थाप्ने भन्दै राजेन्द्र प्रसाद लिङ्देनको नयाँ नेतृत्व आएपछि राप्रपा कार्यकर्ता र शुभचिन्तकमा  हर्सोल्लास छाएको चर्चा गरे । 

कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै मिडिया नेपालका केन्द्रीय सदस्य तथा पर्दाफास मिडिया प्रा.लि.का संचालक सान नेपालले राजेन्द्र लिङ्देनको नेतृत्वले राप्रपा मुलुकको पहिलो पार्टी बनाएर छोडने ठोकुवा गरे । उनले समाजसेवी नेता संग्रौलाले सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए । 

कार्यक्रममा रेवतराज राजवंशीले लिम्पियाधुरा र लिपुलेक जस्तो नेपालको भुमि फिर्ता ल्याउन नसक्ने कांग्रेस र कम्युनिस्टले मुलुक बर्बाद पारेको बताए ।  भ्रष्टाचार र लुटतन्त्र निम्त्याउने एमालेको गैरजिम्मेवारपूर्ण कार्यले नेपाली नागरिकहरु लज्जित हुनुपरेको तर्क गरे । आफू लामो समय एमालेको सकृय कार्यकर्ता रहेकोे भन्दै उनले आजकै मितिबाट एमाले परित्याग गरि हिन्दु धर्म, राजसंस्था र संघियता खारेजीको सिद्धान्तनिष्ठ पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रोजेको बताए । 
उनले आजकै मितिबाट एमाले परित्याग गरि राप्रपामा प्रवेश गरेको बताएका छन् । 

पार्टीका क्षेत्रीय सचिब देवेन्द्र खड्काले सन्चालन गरेको कार्यक्रममा जिल्ला सदस्य भिम बहादुर बस्नेत, प्रदेश 'क' अध्यक्ष जय गुरुङ, क्षेत्रीय वरिष्ठ उपाध्यक्ष खेमराज तिम्सिना,  गौरादह नगर अध्यक्ष शान्तिराम पौड्याल, ७ नं. वडा नं. ७ अध्यक्ष टेकप्रसाद अधिकारी, समाजसेवीहरु दिलमाया चौधरी, मिना राजवंशी, गोबिन राजवंशी, ढेलु ताजपुरिया लगायतको उपस्थिति रहेकोे थियो ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Views: