d

नेपालको सीमावर्ती भारतीय प्रदेश उत्तर प्रदेशमा भेटियो नयाँ भेरियन्ट ओमिक्रोन

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपालसँग दक्षिणी सीमा जोडिएको भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ ।

उत्तर प्रदेशको गाजियाबादमा २ जनामा ओमिक्रोन भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

संक्रमण भेटिएका दुवै जना हालै भारतकै महाराष्ट्र प्रदेशबाट आएका थिए । दुवैमा कुनै लक्षण नदेखिएपछि सावधानीका लागि आइसोलेसनमा राखिएको छ ।

संक्रमित दुवैको उमेर ६० वर्षभन्दा बढी रहेको छ, जसमा एक पुरुष र एक महिला रहेका छन् ।

Views: