d

पृथ्वीमा सबैभन्दा बढी खुट्टा भएको जीव फेला 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सिड्नीः अष्ट्रेलियाका वैज्ञानिकहरुले पृथ्वीमा सबैभन्दा बढी खुट्टा भएको जीव फेला पारेका छन्। वैज्ञानिकहरुले लामो शरीर भएको र सबैभन्दा बढी खुट्टा भएको जमिनमुनि बस्ने जीव फेला पारेका हुन्।

वैज्ञानिकहरुले १३ सय ६ वटा खुट्टा भएको मिलिपिड जीव फेला पारेका हुन्। करिब ९५ मिटर लामो शरीर भएको सो मिलिपिड पश्चिमी अष्ट्रेलियाको जमिनमुनी फेला परेको हो।

यसअघि करिब ७५० वटा खुट्टा भएको मिलिपिड अमेरिकाको क्यालिफोर्नियामा फेला परेको थियो। ७५० खुट्टा भएको सो मिलिपिडले सबैभन्दा बढी खुट्टा हुने जीवको रुपमा रेकर्ड बनाएको थियो। मिलिपिड जीव आर्थोपोड समुहमा पर्ने गर्छ। ग्रिक मिथअनुसार जीव हजार खुट्टे जीवको नामले चिनिन्छ। मिलिपिडहरु पृथ्वीमा पहिलो पटक ४ लाख वर्षअघि फेला परेको बताइन्छ। हालः संसारभर करिब १३ हजार मिलिपिड रहेको बताइएको छ। अन्नपुर्ण। 

 

image: spark chronicles

Views: