d

तयार भयो देउवाको पदाधिकारी टीम, केन्द्रीय सदस्यमा हेभिवेट नेताको भिडन्त

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको चुनावको मतगणना जारी छ । जारी मतगणनाबाट पदाधिकारीतर्फको अन्तिम नतिजा आएको छ । नतिजा अनुसार सभापति शेरबहादुर देउवाको बहुमत रहेको छ । उपसभापति १ र सहमहामन्त्री ६ पद देउवा पक्षले जितेको छ । यस्तै उपसभापति १, महामन्त्री १ र सहमहामन्त्री २ पद शेखर कोइराला पक्षले जित्दा प्रकाशमान सिंह प्यानलबाट चुनाव लडेका विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा विजयी भएका छन् ।


यस्तै आजदेखि खुलातर्फ केन्द्रीय सदस्यका उम्मेदवारहरको मतगणना सुरु हुने भएको छ । खुलातर्फ कांग्रेसका हेभिवेट उम्मेदवारसहित ९९ जना प्रतिस्पर्धामा रहेका छन् । डा शशांक कोइराला, एनपी साउद, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की, अर्जुननरसिंह केसी, बालकृष्ण खाण जस्ता नेताहरु सो पदका प्रतिस्पर्धी रहेका छन् ।

Views: