d

फिस्टे छाती लिएर राजनीति गरेको होइन, देश बनाउने अठोट छ -  लिङ्देन (फोटो फीचर)

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले आफू सानो चित्त र फिस्टे छाती लिएर राजनीतिमा आएको मान्छे नभएको बताएका छन् ।

आज बिर्तामोडमा राप्रपा जिल्ला कमिटीद्वारा आयोजित बधाई तथा शुभकामना एवम् बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष लिङदेनले सो कुरा बताएका हुन् ।


राप्रपाको केन्द्रीय अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक झापा आएका लिङदेनले बृहत कार्यकर्ताका सामु जोड दिँदै भने आफू कांग्रेस कम्युनिष्टलाई पनि मिलाएर हिड्ने मान्छे हिजो आफूलाई भोट नदिने हजारौंलाई राप्रपामा प्रवेश गराएर आफ्नो बनाएर हिड्न सक्ने मान्छे राप्रपाको आन्तरिक चुनावमा कस्ले मलाई भोट दियो दिएन भनेर आफू हेरेर नबस्ने बताए ।

उनले भने ‘त्यो सकियो त्यसैदिन सकियो त्यसलाई बोकेर त्यसलाई केलाएर हिड्ने छुट मलाई छँदै छैन ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आफूले आमूल परिवर्तन गर्ने भन्दै लिङदेनले काम नगरिकन कोही नेता हुन नपाउने व्यवस्था आफूले गर्ने उद्घोष गरे । म पनि काम गर्छु र अरुले पनि उपरखुट्टी लगाएर बस्न नपाउने अध्यक्ष लिङदेनको भनाई थियो ।


उनले भने अब सबको फाएल खडा हुन्छ सबले के काम गर्ने भन्ने जिम्मेवारी छुट्याइन्छ त्यस अनुसार काम गर्ने नेता कोहि पछाडी पर्दै पर्दैन ।


अझै पनि पार्टी फ्ट्ला कि भन्ने चिन्ता गर्नेहरु तर्फ संकेत गर्दे अध्यक्ष लिङदेनले भने अब यसलाई फुटाउने ठाउँ पनि छैन र फुटाउने ताकत पनि कसैसँग छैन ।

पहिरो जाने ठाउँमा पनि बग्दा बग्दा बग्ने चिजै सकिएपछि अब के बग्छ भन्दै लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि फुट्दा फुट्दा फुट्ने ठाउँ नै सकिएको उनले दाबी गरे ।


सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३७० जना नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका थिए । नव प्रवेशी सबैलाई अध्यक्ष लिङदेनले खदा र अविर लगाउँदै सदस्यता दिलाएका थिए ।


कार्यक्रममा पार्टीका प्रदेश नं १ अध्यक्ष राम थापा, नवर्विाचित केन्द्रिय सदस्य सगुन लावती, डा. राजेश गिरी निवर्तमान झापा जिल्ला अध्यक्ष कमर बिष्ट, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष राजकुमार राई लगायतले सम्बोधन गरेका थिए ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

Views: