d

पाकिस्तानको कराचीमा बम विस्फाेट हुँदा कम्तीमा १० जनाको ज्यान गयाे, १२ जना घाइते

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाण्डाै - पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा आज एउटा दुई तले भवनको भुइँ तल्लामा भएको बम विस्फाेटमा कम्तीमा १० जनाको ज्यान गएकाे छ । १२ जना घाइते भएको प्रहरी र अस्पताल स्रोतले बताएको छ।

अहिले अस्पतालको अभिलेखमा १० शव र १२ घाइतेको नाम दर्ता भएको छ भने घटनामा गम्भीर घाइते भएका प्रायजसाे घाइतेको अवस्था गम्भीर रहेको शहीद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाका प्रमुख सञ्चालक मुहम्मद साबिर मेमनले जानकारी दिनु भएकाे छ ।

एक निजी बैंक र अन्य थुप्रै कार्यालयहरू भएको भवनमा ग्याँस चुहावटका कारण विस्फाेट भएको बताइएको छ। विस्फाेटमा भवन आंशिक रूपमा ध्वस्त भएको थियो र थुप्रै व्यक्तिहरू भग्नावशेषमा फसेको आशङ्का गरिएको छ।

उद्धारटोली फसेका मानिसहरुको खोजीका लागि भग्नावशेष हटाउन प्रयासरत रहेका छन्।

कराची सिन्धको प्रान्तीय राजधानी हो। सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आतङ्कवादको सम्भावनालाई ध्यानमा राखेर घटनाको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्।  उज्यालो।  

Views: