d

ओलीले आफ्नो कार्याकाल उखान टुक्कामै बिताए : कानुनमन्त्री यादव

Views:
Responsive Image Gallery
Responsive Image Gallery

बारा । प्रदेश २ का कानुन मन्त्री प्रमोद यादवले नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफनो कार्यकाल उखान टुक्कामै बिताएको बताएका छन् ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्वर २३ भतौडामा पार्टी प्रवेश कार्यक्रममा मन्त्री यावदले पूर्व प्रधानमन्त्री ओलीले आफनो कार्यकाल उखान टुक्का मै बिताएको आरोप लगाएका हुन् । ‘घरघरमा ग्यास पाईप, पानी जहाज जस्ता कुरा गरेरै कार्यकाल बिताए तर, काम गरेनन् ।’ उनले भने ।

माधव नेपालले पार्टी फुटाएको आरोप गलत भएको मन्त्री यादवको भनाई थियो । उनले ओलीको अहं र घमण्डले माधव नेपाललगायतका नेता कार्यकर्ता पाटीबाट अल्लगिएको बताए ।

आफुसंग दुई तिहाईको बहुमत हुँदाहुँदै पनि ओलीले सरकार चलाउन नसकेको मन्त्री यादवको भनाई थियो । ‘ओलीको आफ्नै घमण्डले गर्दा पार्टी भित्रको झगडा समेत मिलाउन सकेनन् ।’ उनले भने ।

विकास विरोधी ओलीकै कारण देशमा अस्थिरता आएको उनको भनाई थियो । दुई दुई पटक सविधान विघटन गरेर आफनो असर्मथता प्रस्तुत गरेको मन्त्री यादवले बताए ।

तानाशाही शासनबाट मुक्त भएर देश र जनताको हकहितको लागि लडने भएकोले एकिकृत समाजवादीमा देशैभर पार्टी प्रवेश कार्यक्रममा लर्को लागेको उनको भनाई थियो ।

भर्खर आफुले मन्त्रीको सपथ ग्रहण गरेको भन्दै उने भने ‘विकासको एजेण्डा लिएर आउनुस् म कार्यान्वयन गर्छु ।’ सरोज पटेलको अध्यक्षतामा वडा नम्वर २३ भतौडामा वडा कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा विनोद पटेल, रन्जित कुशवाहा, सचिव नागिन्द्र मिश्रा, माला देवि, राधेश्याम पटेल लगायतका रहेका छन् ।

नागेन्द्र मिश्राको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि न्याय तथा कानुन मन्त्री प्रमोद यादव, पोलिटब्युरो सदस्य दिनेश राई, प्रदेश २ का संसद तथा प्रमुख सचेतक सुन्दर विश्वकर्मा, पार्टीका केन्द्रिय सदस्य श्रीप्रसाद पासवान सहभागी थिए । त्यस्तै बारा सहईन्चार्ज बतहु यादव, उपाध्यक्ष उस्मान अंसारी, बिजेन्द्र चौधरी, सचिव विक्रम ठाकुर, जिल्ला सदस्य धु्रव यादव, सुरेश मोदक, विरेन्द्र साह, रमेश सुवेदी, कौशल किशोर सिह, महिला ईन्र्चाज गौरी ढकाल, नगर अध्यक्ष अरुण खनाल, राजेश गुप्ता, असर्फि पटेल, धर्मराज महतो एकीकृत समाजवादी पत्रकार सँघ बाराका अध्यक्ष अजय साह लगायतको सहभागिता रहेको थियो । राजधानी।  

Views: