d

गौरीगंज: एमाले नेता रेवत राजवंशी सयौं कार्यकर्ता सहित राप्रपा प्रवेश

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुष्प आर जे

झापा: ओली निर्वाचित क्षेत्र झापा ५ का रेवतराज राजवंशी आफ्ना सयौं कार्यकर्ता सहित राप्रपामा प्रवेश गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी गौरीगंज गाउँ समिति द्वारा वडा न ४ स्थित दुर्गम वस्ती नयाँ बजारमा आयोजित एक समारोहका विच  स्थानीय नेता राजवंशी एमाले  परित्याग गरी राप्रपा प्रवेश गरेका हुन् । राजवंशी सहित गौरादह ८ वैरातीका सयौंको संख्यामा रहेका एमाले कार्यकर्ताहरुलाई नव निर्वाचित अध्यक्ष राजेन्द्र प्रसाद लिङ्ग्देन राप्रपामा स्वागत गरेका थिए।    

स्थानीय नेता राजवंशी बैराती बजार क्षेत्रमा निकै लोकप्रिय मानिन्छन् । 

एमालेले जन आकांक्षा बमोजिम काम गर्न नसकेको र एमालेकै सरकारको समयमा भ्रस्टाचर र लूटतंत्र मौलाएको, एमाले सरकार भएकै समयमा सीमा अतिक्रमण बढेको कारण अव लामो समय एमालेमा बस्न नसकेको राजवंशीले बताएका छन् । आफू एमालेको सक्रिय कार्यकता रहेर पार्टीमा लामो समय काम गरेको तर कार्यकर्ताको भावनालाई नसुकै कारण पनि एमाले त्याग्नुपरेको  उनले बताएका छन् ।

हिन्दू धर्म, संघीयता खारेजी र राजसंस्था पुनर्स्थापनाको एजेन्डा लिएको राप्रपा मात्र सच्चा राष्ट्रबादी शक्ती रहेको समेत उनको बुझाई छ । 

राप्रपाको सदस्यता ग्रहण गर्दै राजवंशीले भने, 'राजेन्द्र लिङ्ग्देन जस्तो हिम्मतिलो र फराकीलों सोच भएको नेताको खाँचो यो देशलाई छ ।' 

उक्त अवसरमा राप्रपाका समाजसेवी नेता लक्ष्मी प्रसाद संग्रौलाको सौजन्यमा ४५० परिवारलाई  'कम्बल' वितरण गरिएको थियो । 

सोही  कार्यक्रमका अवसरमा गौरीगंज क्षेत्रबाट करीव १८५  स्थानीयहरु अन्य पार्टीबाट राप्रपामा प्रवेश गरेको बताइएको छ । 
 

यो पनि पढ्नुहोस 

गौरीगंज/राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा देश र जनताको परिवर्तनको संवाहक रहेकाे बताएका छन्।

 

राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँ कमिटी गौरीगंजले वडा नं ४ काे नयाँ बजारमा आयाेजना गरिएकाे कम्वल बितरण कार्यक्रमलाई सम्बाेधन गर्दै नेता लिङ्देनले मुलुकमा लाेकतन्त्रका नाममा लुटतन्त्र मच्चिएकाले जनताले शुशाशनकाे अनुभुती गर्न नपाइ बिदन्ड मच्चिएको बताए।

जनताले ठुला दललाई मतदान गरि बिजय गराएपनि नेताले बिकाशकाे नाममा भ्रष्टाचार मौलाई जनताले दु:ख पाएकाे बताएका छन्।

जनताकाे विश्वास जितेका ठुला दलले बहुमत पाउदा सानसन सत्ताकाे बागडाेर हात पारेपछि बिकाशकाे नाममा जनता र देशले धाेका पाएकाे धारणा राखे। जनताकाे सु:ख शान्ति र शुशासनमा कांग्रेस र कम्युनिस्ट बाधक रहेकाे बताए ।

मुलुकमा भ्रष्टाचार, बिसंगती, अमनचयन हाबि हुनुमा जनता नै जिउदाे साँची रहेकाे बताउदै आगामी निर्वाचनमा राप्रपालाई मतदान गरि बिजय बनाउन आग्रह गरे ।

  जनताकाे दु:ख शु:खमा साथ दिदै कम्वल बितरणका लागि सौजन्य गर्ने समाज सेवी नेता लक्ष्मीप्रसाद संग्रौलाले मुलुकलाई बिदेशीकाे हस्तक्षेपबाट जाेगाउनु अहिलेकाे आवश्यकता रहेकाे बताएका छन्। मुलुक भित्र बसाेवास गर्ने नागरिकका छाेराछाेरीले एकै प्रकारकाे शिक्षा हाँसिल गर्न पाउनु पर्ने धारणा राखेका छन्।

धनी र गरिबले लिने शिक्षा अलग अलग भएकाले शैक्षिक बेथितिकाे खाडल पुरिनु पर्ने बताएका छन् । पार्टीका केन्द्रीय सदस्य गाेपाल पौडेलले देशमा सरकार छ भन्ने जनताले अनुभुती गर्ने सरकार हुनु पर्ने बताएका छन। राप्रपालाई मुलुक चलाउने जिम्मा दिएमा जनताले सरकार देशामा भएकाे अनुभुती गर्ने बताएका छन। त्यस अवसरमा केन्द्रीय सदस्य डा. राजेश गिरी, नि बर्तमान झापा जिल्ला अध्यक्ष अमर बहादुर बिष्ट लगायतले शुभकामना मन्तब्य राखेका थिए। पार्टीका जिल्ला सदस्य बाबुराजा श्रेष्ठले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा पार्टीका प्रदेश -५ क सदस्य नन्दराज थापाले कार्यक्रम संचालन गरेका थिए। लक्ष्मीप्रसाद संग्रौलाद्वारा कम्वल बितरण राप्रपा नि बर्तमन केन्द्रीय सदस्य लक्ष्मीप्रसाद संग्रौलाले झापा क्षेत्र नं -५ भित्रका गरिब तथा बिपन्न परिवारलाई कम्वल बितरण गरेका छन। यश क्षेत्र भित्र रहेका बिपन्न परिवारलाई ११ सय थान कम्वल बितरण गर्ने लक्ष्य रहेकाे संग्रौलाले बताएका छन। जाडाे मौसम सुरु भएसँगै गरिब तथा बिपन्न परिवारका घर आँगनमा पुगेर न्यनाे कपडा कम्वल बितरण गरेका छन्। कमल गाउँपालिकाकाे लखनपुरमा १ सय ५० गौरादह नगरपालिका वडा नं -८ काे बैरातीमा ७० र गौरीगंज गाउँपालिका वडा नं -४ मा ४ सय घर परिवारलाई कम्वल बितरण गरिसकिएकाे र अन्य ठाउँमा केही दिन भित्रमा बितरण गरिने संग्रौलाले बताए।

Views: