d

मातृका आचार्य र पुष्प आर.जे. ले रोजे राप्रपा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

विश्व हिन्दु महासंघ केन्द्रिय सदस्य समेत रहेका एमाले केन्द्रिय कर्मचारी बिभागका केन्द्रिय सदस्य कमल गाउँ पालिका २ निवासी मातृका प्रसाद आचार्य राप्रपामा प्रवेश गरेका छन् । 
व्यवसायिक रूपमा हाल पारम्परिक बिद्यालय इटहरीका संचालक रहेका आचार्यलाई  राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले कमल गाउँ पालिका स्थित पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पार्टी सदस्यता वितरण गरेका हुन् । 

राप्रपामा समाजसेवी नेताको रूपमा परिचीत लक्ष्मी संग्रौलाले आयोजना गरेको बिपन्न समुदायलाई कम्बल वितरण कार्यक्रममा अध्यक्ष लिङ्देनको हात बाट टीका ग्रहण गर्दै आचार्यले भने, 'राजेन्द्र जीले नेतृत्व सम्हाल्नु भएपछि राप्रपामा नयाँ उत्साह थपिएको छ, यो पार्टीले लिएको राजसंस्था सहितको हिन्दु राष्ट्रको एजेन्डाकै कारण मैले राप्रपा रोजेको हो।'  

त्यस्तै पत्रकारिता र साहित्य क्षेत्रमा लामो समय देखि कलम चलाउदै आएका गौरादह ८ निवासी पुष्प आर जे ले समेत अध्यक्ष लिङ्देनको हातबाट राप्रपाको सदस्यता लिएका छन् । 
'इमान्दार र साहसी नेता लिङ्देनले यो देशलाई परिवर्तन गर्ने सामर्थ्य राख्नु हुनेछ भन्ने विश्वास साथ पार्टी सदस्यता लिएको छु।', आर जे ले भने ।

Views: