d

संसदमा नागरिकका समस्या राख्न नपाउनु विडम्बनापूर्ण छ - लिङ्देन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले संसदमा नागरिकका समस्या राख्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । 
झापाको कमल गाउँ पालिका वडा नं. ५ मा आयोजित 'कम्बल' वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य समेत रहेका लिङ्देनले उक्त कुरा बताएका हुन् । 
गठबन्धन सरकारको बिरोध गर्नकै लागि एमालेले संसदमा होहल्ला गर्नाले नागरिक समस्याहरु संसदमा राख्न नपाएको अध्यक्ष लिङ्देनले बताए । 

'सरकारका धेरै त्रुटिकमजोरी छन्, आम नागरिकका समस्याहरु उठाउनु पर्ने छ, प्रमुख प्रतिपक्षी दलले संसदलाई एकोहोरो रूपमा घेराबन्दीमा पार्दा  संसद संसद जस्तो देखिएन।', अध्यक्ष लिङ्देनले भने । 

'सरकारका त्रुटिकमजोरी धेरै छन् तर सरकारका गलत क्रियाकलाप बारे संसदमा बहस गर्न पाइएको छैन, यो दु:खद पक्ष हो ।', लिङ्देनको भनाइ छ । 

हुलहुज्जतले संसदीय परम्परा नै तहसनहस पारेको उनको आरोप छ । 

'एकातिर प्रमुख प्रतिपक्षीले संसद चल्न नदिने भन्दै बैठक कक्षमा होहल्ला गर्ने अनि अर्को तर्फ सरकारले धमाधम आफ्ना कुराहरु पास गर्ने गजबको दृश्य हाम्रो संसदमा देख्न पाइएको छ ।', लिङ्देनले बताए ।

भर्खरै सम्पन्न महाधिवेशन बाट अध्यक्ष पदमा विजयी भएका लिङ्देन बिगत ३/४ दिन देखि गृहनगर झापामा नेता कार्यकर्ता भेटघाटमा व्यस्त छन् । 

अध्यक्ष लिङ्देनले आइतबार मात्र गौरिगन्ज, कमल र दमकमा आयोजित अलग अलग कार्यक्रममा सम्बोधन गरेका थिए ।

Views: