d

काठमाण्डौमा बसेर भाषण मात्र गर्नेले राप्रपामा नेता हुन पाइदैन  - लिङ्देन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राप्रपा अव अग्रणी पार्टी हुने बताएका छन्।  दमकमा राप्रपा नगर समिति द्वारा आयोजित शुभकामना  आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले काम गर्न सक्ने व्यक्ति छानेर पार्टीमा जिम्मेवारी प्रदान गर्ने अटाएका हुन्।  

'म पनि काम गर्छु र अरु साथीहरुले पनि काम गर्नु पर्छ, अव बोलेर मात्र पार्टी बन्दैन, काम गरेर देखाउनु जरुरी हुन्छ।', लिङ्देनले भनेका छन्।  

पार्टी भित्र चाप्लुसी र चाकडीको पूर्ण रुपमा अन्त्य हुने अध्यक्ष लिङ्देनले बताएका छन्।  

६ महिना भित्रमा सम्पूर्ण राष्ट्रबादी शक्तीलाई एक ठाउँमा ल्याउने गृहकार्य भई रहेको  लिङ्देनले बताए।  

'हामी संग एजेन्डा बलियो छ, अव पार्टी जुरुक्कै माथि उठ्छ।', उनले भने।  

मल र दमकमा आयोजित अलग अलग कार्यक्रममा सम्बोधन गरेका थिए ।

Views: