d

श्रीमती र तीन बच्चाको हत्यापछि रमेशले गरे आत्महत्या

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 हरियाणा: एक व्यक्तिले श्रीमती तीन बच्चाको हत्या गरेर आत्महत्या गरेका छन्। प्रहरीका अनुसार भारतको हरियाणास्थित नंगथाला गाउँका रमेशले श्रीमती, बच्चाको हत्या गरेर आत्महत्या गरेका हुन्। 


मोक्ष प्राप्तिको लागि रमेशले यस्तो गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिआइजी बलवान सिंह राणाले जानकारी दिएका छन्। प्रहरीका अनुसार सबैको शरीरमा चोट देखिएका छन्। मृत्यु हुनेमा रमेशका श्रीमती सुनिता, १५ र १३ वर्षीया छोरी र १० वर्षीय छोरा रहेका छन्। 

प्रहरीले रमेशको डायरीसमेत फेला पारेको छ। जसमा लेखिएको छ, 'यो संसार बाँच्न लायक छैन। यो संसारमा बाँच्न मन छैन। म सोच्ने गर्छु, मेरो मृत्युपश्चात मेरो परिवारको के हुन्छ। त्यही भएर मैले राति खिर बनाएँ। त्यसमा नशालु पदार्थ हाले र श्रीमती र बच्चालाई खुवाएँ।'

श्रीमती र बच्चाहरुलाई हत्या गरेर करेन्टसमेत लगाएको बताइएको छ। त्यसपछि रमेश गाडीको अगाडि हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। अन्नपूर्ण । 

Views: