d

गैँडाको खागसहित ६ जना पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गैँडाको खागसहित ६ जनालाई पक्राउ गरिएको छ।

एक केजी १० ग्रामको खागसहित पक्राउ पर्नेमा काभ्रेको बेदान गाउँपालिका-४ का ४१ वर्षीय विरमान तामाङ र पाँचखाल नगरपालिकाका ४२ वर्षीय बेदबहादुर दनुवार, २० वर्षीय नवराज गिरी र ३१ वर्षीय सोहन कार्की, काभ्रेको खानिखोला गाउँपालिका-५ का ३२ वर्षीय भीम तामाङ र सिन्धुलीका ४१ वर्षीय भीमबहादुर थिङ रहेका छन्।

उनिहरुमाथी थप अनुसन्धानका लागि जिल्ला डिभिजन वन कार्यालय हात्तीसारमा पठाइएको महाशाखाले जनाएको छ। देश सञ्चार । 

फाइल फोटो 

Views: