d

केन्द्रीय सदस्यमा९१ वर्षीया शान्ति कार्की पराजित, ल्याइन् २६० मत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली कांग्रेसको खुला महिलातर्फ प्रतिस्पर्धामा उत्रिएकी ९१ वर्षीया शान्ति कार्कीले २६० मत ल्याएकी छन्।


वीरगञ्ज महानगरपालिकाकी उपमेयरसमेत रहेकी उनी शीर्ष नौ विजेताभन्दा धेरै पछाडि परिन्। 

उनी काठमाडौंमा सम्पन्न चौधौं महाधिवेशनमा कांग्रेस कार्यकर्ताका लागि आकर्षणको केन्द्र थिइन्। तर भोटमा भने उनलाई महाधिवेशन प्रतिनिधिले पत्याएनन्। 

उनी भन्दा अझै कम मत ल्याउनेमा गौरी कुमारी श्रेष्ठ, मोदती केसी र अम्बिका शर्मा लामिछाने रहेका छन्। 


महिला खुलातर्फ डिला संग्रौला (पन्त), पुष्पा भुसाल र आरजु राणा देउवासहित नौजना विजयी भएका छन्। 

उनले महाधिवेशनका क्रममा खुल्ला महिलातर्फ उम्मेदवारी दिइरहँदा अत्यधिक बहुमतले जित्ने बताएकी थिइन्। तर अन्तिममा परिणाम उनको अनुमान विपरीत उल्टो आयो। 

शान्ति कांग्रेसको वीरगञ्ज नगर सभापति पनि भएकी थिइन्। डेढ दशकअघि पर्सा जिल्ला उपसभापति भएकी उनी महिला संघकी केन्द्रीय सदस्यसमेत भइन्।

Views: