d

लिंगदेनको झापा भ्रमण उत्साहजनक बन्दै, पार्टी प्रवेशमा देखियो जनलहर  

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीमा जनआकर्षण बढेको छ । नव निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेनको झापा दौड़ाहाका क्रममा उल्लेख्य संख्यामा झापालीहरुले राप्रपा रोजेका हुन् । गत शनिवार देखि झापाका बिभिन्न पालिकाका पार्टी कमिटी द्वारा आयोजित कार्यक्रमहरुमा उलेख्य संख्यामा स्थानीयहरु राप्रपा प्रवेश गरेका छन् । 

नव प्रवेशीहरुमा गौरीगंज गाउँ पालिका बाट १९६  जना, गौरादहबाट १२३ जना, कमल गाउँ पालिकाबाट  ६७ जना, भद्रपुरबाट बिकेन्द्र मेन्याङ्बो लगायत विभिन्न दलबाट ५२३ जना, कचनकवलबाट ३६ जना र बाह्दशी ३ राधानगर र कुटु बस्तिबाट १३७ जना समेत गरेर करिब ७०० जना सहित करिव १३०० जनाले  नेका, एमाले, मावोवादी दल परित्याग गरि राप्रपा प्रवेश गरेका झापा राप्रपाले जनाएको छ । 

नव निर्वाचित अध्यक्ष लिंगदेन गृह जिल्ला झापामा शनिवार आईपुगेका हुन् । 
 

Views: