d

रंगशालाको स्वामित्त्व ग्रहणका लागि भरतपुर महानगरपालिकालाई धुर्मुस सुन्तली फाउन्डेशनले गर्‍याे पत्राच

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्त्व ग्रहणका लागि भरतपुर महानगरपालिकालाई धुर्मुस सुन्तली फाउन्डेशनले पत्राचार गरेको छ । शुक्रबार पत्राचार गर्दै फाउण्डेशनले निर्माणाधीन रंगशालाको बाँकी काम पूरा गर्नेगरी स्वामित्व ग्रहण गर्न आग्रह गरेको छ । 

“रंगशालाको बाँकी काम सक्न अझै ठूलो रकम आवश्यक पर्छ । अहिलेको अवस्थामा रंगशालाका लागि सहयोग जुटाउन कठिन भएकाले सरकारले नै बाँकी काम गरोस् भन्ने हाम्रो चाहना हो,” सीताराम कट्टेल (धुर्मुस)ले बाह्रखरीसँग भने, “यसका लागि हामीले भरतपुर महानगरपालिकालाई पत्राचार गरिसकेका छौं । खेलकुद मन्त्रालयललाई पनि पत्राचार गरिसकेका छौं । सम्झौता बमोजिम अब प्रक्रिया पुर्याएर रंगशाला हस्तान्तरण गर्ने छौं ।” 


हालसम्म रंगशाला निर्माणका लागि साढे ५६ करोड रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए । पटक–पटक सरकारलाई सहयोगका लागि आग्रह गरेपनि सरकारले बेवास्था गरेका कारण रोकिएको काम आगडि बढाउन नसकिएको उनले बताए । पाँच महिनादेखि रंगशालाको काम ठप्प प्रायः थियो । उनले रंगशाला निर्माणका लागि लिएको निर्माण सामग्रीको १७ करोड बक्यौता रहेको बताएका छन् । 

रंगशालाको जम्मा क्षेत्रफल १७ हजार ६६२.५ स्क्वायर मिटर रहेको छ । 


३० हजार दर्शक क्षमताको रंगशालामा तीन हजार दर्शक क्षमताको प्यारापिट निर्माण भइसकेको छ । यो फस्ट प्यारापिट हो । यसमाथिको अर्को प्यारापिट बनाउन बाँकी छ । जसका लागि आवश्यक बजेट अभाव हुँदा निर्माणकार्य अगाडि बढ्न नसकेको हो ।

उनका अनुसार करिब ५० करोड रुपैयाँ भए अब संरचना निर्माणको काम सकिन्छ ।  

डीपीआरअनुसार तीन अर्ब ५५ करोड रुपैयाँ रंगशालाको लागत मूल्य हो । तर, अहिलेको भौतिक प्रगतिअनुसार साढे दुई अर्ब रुपैयाँमा रंगशाला निर्माण सम्पन्न हुने फाउन्डेसनको अनुमान छ । निर्माणको समय लम्बिएको अवस्थामा भने बजार भाउ बढ्ने हुँदा लगानी पनि बढ्न सक्ने फाउन्डेसनले बताएको छ ।

रंगशाला निर्माणमा देश तथा विदेशमा रहेका ४० हजारभन्दा धेरै नेपालीले सहयोग गरिसकेका छन् । बाह्रखरी

Views: