d

नेप्सेमा हरियाली, ५६ अंकले बढ्यो बजार

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ । मंगलबार नेप्से सूचक ५६.७३ अंकले बढेर २४१५.५५ विन्दुमा पुगेको छ । लगातार घटिरहेको नेप्से मंगलबार बढेको हो ।

त्यस्तै मंगलबार सेन्सेटिभ सूचक पनि ११.३४ अंकले बढेको छ ।

आज ३ अर्ब ३८ करोड ३२ दाख ५९ हजार ८४६ रुपैयाँ बराबरको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर कारोबार भएको छ ।

आज तीन कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ । मंगलबार ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने जानकी फाइनान्सको ९.८१ प्रतिशत, रसुवागढि हाइड्रोपावरको ९.२१ प्रतिशत र घलेम्दी हाइड्रोपावरको शेयरमूल्य ८.२६ प्रतिशतले बढेको छ।

त्यस्तै गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.८९ प्रतिशतले घटेको छ भने तेह्रथुम पावरको ३.२६ प्रतिशत, मैलुङ खोला जलविद्युतको १.९९ प्रतिशत र सामलिङ्ग पावरको ०.४२ प्रतिशतले घटेको छ ।

त्यसैगरी आज हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नविल बैंकको १४ करोड १८ लाख, नेपाल दूरसञ्चार कम्पनीको १० करोड ३९ लाख, मञ्जुश्री फाइनान्सको ७ करोड ५५ लाख र एनएमबि बैंकको ६ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ जसमा अन्य, हाइड्रोपावर र विकास बैंक उपसमूहको सूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ भने बैंकिङ्ग उपसमूहको सूचक पनि २ प्रतिशतले बढेको छ ।

Views: