d

 पछिल्लोपटक राप्रपामा युवाहरुको आकर्षण

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुष्प आर जे

राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारण जनताका माझमा पछिल्लो समयमा राप्रपाले उठाएकाे एजेन्डा सहि साबित हुन थालेकाे छ। राप्रपाकाे राजनीति परिबेश समाल्न युवाले नेतृत्व पाए सँगै पार्टी प्रबेशका लहर चलिरहेकाे छ। 

कम्युनिस्ट पार्टीकाे बर्चस्व कायम रहेकाे झापामा पार्टी परित्याग गरि राप्रपा प्रबेश गर्नेहरुकाे लर्काे लागेकाे छ। राप्रपाले उठाएकाे धार्मिक स्वतन्त्रता सहितकाे हिन्दु राष्ट्र र संविधानीक राजतन्त्र नेपाली परिबेश र भुगोल  अनुसार उपयुक्त रहेकाे सर्वसाधारण नागरिकले विश्लेषण गर्न थालेका छन।
 राप्रपाका नव निर्वाचित केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बाेधन गरेकाे कार्यक्रममा पार्टी प्रबेश गर्नेकाे संख्या तिब्र रुपमा बढेकाे छ। नेपाली नागरिकहरुले बिस्वाश गरेका दलहरुमा नेतृत्व गरेका नेताहरु अोलि, प्रचण्ड र शेर बहादुर मात्र पार्टी भित्र हावी भईरहदा राप्रपामा नेतृत्व परिवर्तन भएकाे छ। 
राप्रपाको एकता अधिबेशनमा पार्टीमा पुराना खेलाडीका रुपमा चिनिएका कमल थापालाई पाखा लाउदै युवा नेता राजेन्द्र लिङ्देनले पार्टी समाल्ने जिम्मा पाएका छन।लिङ्देनको जित संगै पार्टीमा नयाँ तरंग सिर्जना भएको छ।
 लिङ्देनले जिम्मेवारी समाले पछि सर्वसाधारण नागरिकहरुमा समेत आशा र भराेसा पलाएकाे छ।
काग्रेसको १४ अौ अधिबेशनमा उनले गरेको भाषणले राजेन्द्र लिड्देनलाई अझ उचाइमा पुर्याएको छ।
 मन्चमा अासिन अन्य नेताहरुले आफुले अगाडि सार्नु पर्ने एजेन्डा छाेडेर सबैले राजेन्द्र लिङ्देनमाथि नै अधिक समय खर्च गरेका थिए। माअोबादिका अध्यक्ष प्रचण्डले उपस्थित जनतालाई "नेता गाउँमा अाउदा चोर भन्छन् हैन" भन्दा उपस्थित सबैले "हो" भन्ने जवाफ फर्काएका थिए। अाफ्नै पार्टीको कार्यक्रममा देउवा अझेलमा परेका थिए।
राप्रपामा कमल थापाकाे नेतृत्वमा उनी विभिन्न पदमा बसेर काम गरेका थिए।
एकता महादिबेशनबाट अध्यक्षकाे जिम्मेवारी पाएसँगै उनकाे भासणबाट अहिलेका युवाहरु प्रभावित बनेका छन्। पार्टीको नेतृत्व पङ्तीले जनाका चाहना  र पार्टीको मुल एजेन्डा अनुसार काम नगर्दा पार्टी छाेडेर अन्य दलमा गएका मानिसहरु फेरि राप्रपामा फर्कन थालेका छन। 
अन्य दलका कार्यकर्ता पनि राप्रपामा प्रबेश गर्न थालेका छन। राप्रपाका नेताहरु जहाँ जान्छन  त्यहीँ १००/२०० भन्दा माथि युवाहरु पार्टी प्रबेस गर्ने गरेका छन्।गणतन्त्रकाे सुरुवाती समयमा जनताकाे राेजाईमा परेका ठुला दलहरुलाई अहिले राप्रपाले  उठाएको एजेण्डा अन्य पार्टी लाई टाउको दुखाईकाे बिषय बनेकाे छ।

 

Views: