d

वन मुद्दाका फरार अभियुक्त ४ वर्ष पछि पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

राष्ट्रिय वनलाई निजी वन ठान्दै मासेपछि वनमारा ठहरिएका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने उदयपुरको उदयपुरगढी–६ भमरे बस्ने वर्ष ५८ का भक्तबहादुर खड्का हुन् ।

उनीविरुद्ध उदयपुर अदालतले २०७४ साल फागुन १५ गते वन सम्बन्धी मुद्दामा १ महिना कैद र ३५ लाख ४२ हजार दुई सय ४५ रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो ।

उनलाई तत्काल उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको उदयपुर प्रहरीले बताएको छ ।

घरमै बसेका उनलाई फैसला कार्यान्वयनको निम्ति खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

हिजो पक्राउ परेका खड्कालाई सजाय भुक्तानको लागि उदयपुर जिल्ला अदालतमा बुझाइएको छ ।

 

समाचार श्रोत: जन आस्था

Views: