d

प्राइम कमर्सियल बैंकद्वारा १६ प्रतिशत लाभांश पारित

Views:
Responsive Image Gallery
Responsive Image Gallery


प्राइम कमर्सियल बैंक लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।


साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशतका दरले हुने रु. २५७.३२ करोड बराबरको बोनस सेयर तथा चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजनार्थसमेत) दिने निर्णय गरेको छ। 

बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ। विष्ट यसअघि पनि बैंकको सञ्चालक थिए।

साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सेयरधनीहरु लगायत सबैमा अध्यक्ष श्रेष्ठले कृतज्ञता व्यक्त गरे।

Views: