d

हृदयराम थानी १ मतले पराजित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको खुला केन्द्रीय सदस्यको मतगणना अनुसार हृदयराम थानी १ मतले पराजित भएका छन्। 

मंगलबार राति सकिएको मतगणना अनुसार कर्णालीको दुई खुला केन्द्रीय सदस्यमा राजीवविक्रम शाह र कर्णबहादुर बुढा विजयी हुँदा थानी पराजित भए। 


शाहले २८२० र बुढाले २२०० मत प्राप्त गरेका छन्। विजयी दुबै सभापति शेरबहादुर देउवा पक्षका हुन्। थानीले भने २१९९ मत मात्र पाए। 

पूर्व मन्त्रीसमेत रहेका थानी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्।

Views: