d

आन्तरिक राजस्व कार्यालय भरतपुरको राजस्व संकलन लक्ष्यभन्दा झण्डै ३७ करोडले घट्यो 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुस ६, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरको राजस्व लक्ष्यभन्दा झण्डै ३७ करोडले घटेको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्ष ०७८/०७९ को  मंसिर महीनामा ३६ करोड ९६ लाख ७१ हजार रुपैयाँ कम राजस्व असुली भएको हो । मंसिर महीनामा विभागले १ अर्ब ९२ करोड ७९ लाख ६१ हजार लक्ष्य दिएकोमा १ अर्ब ५५ करोड ८२ लाख ९० हजार मात्र असुली गरेको छ । 

मंसिर महीनामा कुनैपनि शीर्षकमा कार्यालयले लक्ष्य भेट्टाउन सकेको छैन । कार्यालयका अनुसार आयकर शीर्षकमा ३८ करोड २७ लाख ८ हजार लक्ष्य दिएकोमा १७ करोड २३लाख १७ हजार रुपैयाँ असुली गरेको छ । 

यसैगरी, बहालकर शीर्षकमा २८ लाख ६८ हजार लक्ष्य दिइएकोमा २६ लाख ६८ हजार असुली, व्याजकरमा १ करोड ३लाख १० हजार लक्ष्य दिएकोमा ५५ लाख ८७ हजार, मूल्य अभिवृद्धि कर शीर्षकमा १५ करोड ५४ लाख ८ हजार लक्ष्य दिएकोमा १३ करोड ५९ लाख १८ हजार र अन्तशुल्क शीर्षकमा १ अर्ब ७० करोड ५ लाख २८ हजार लक्ष्य दिएकोमा १ अर्ब ४१ करोड ८ रुपैयाँ मात्र राजस्व असुली भएको छ । 

कार्यालयले स्वास्थ्य सेवा कर र शिक्षा सेवा शुल्कमा भने कुनैपनि राजस्व असुल गर्न सकेको छैन । जस अनुसार स्वास्थ्य सेवा करमा मंसिर महीनामा ४ लाख ८२ हजार र शिक्षा सेवा शुल्कमा २ लाख ४८ हजार रुपैयाँ राजस्व असुली गरेको छ । 

कार्यालयका कर अधिकृत शुशिल लम्सालले मंसिर महीनामा अन्तशुल्क लगायत अन्य शीर्षकमा समेत को कारोबारमा कमी आउने हुनाले लक्ष्य भन्दा कम राजस्व असुली हुने बताए । ‘हाम्रो मुख्य राजस्व असुलीको स्रोत नै अन्तशुल्क हो उनले भने, अन्य शीर्षकमा पनि यो महीना कम असुली हुने समय हो ।’ उनका अनुसार अन्तशुल्कमा डिष्टिलरीमा कारोबार भएपनि ब्रुअरी, कोल्ड ड्रिङ्क्सको उत्पादनको कारोबार कम हुँदा समग्र लक्ष्यमा असर परेको हो । 

‘आयकर शीर्षकमा पनि यो आम्दानी आउने महीना होइन, पुस, चैत, असोज महीनामा भने बढ्छ ।’ उनले भने । चाडवाड जानु र जाडो समय शुरु भएको हुनाले पनि सोही अनुसार अन्तशुल्क सँगै अन्य शीर्षकहरुमा समेत कम राजस्व असुली भएको उनको भनाइ छ । 

विभागले चालू आर्थिक वर्षको मंसिर महीनासम्मको अवधिमा ७ अर्ब १३ करोड ७६ लाख ८३ हजार लक्ष्य दिएकोमा ८ अर्ब  ५ करोड ४८ लाख ९४ हजार रुपैयाँ राजस्व असुली गरेको छ । यो वर्ष विभागले यहाँको कार्यालयलाई २१ अर्ब ७२ करोड २६ लाख ७९ हजार लक्ष्य दिएको छ । 

 

समाचार श्रोत: आर्थिक अभियान

Views: