d

ओछ्यानमा पिसाब फेरेको भन्दै बालकलाई यातना दिने महिला पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पोखराः ६ वर्षीय बालकले ओछ्यानमा पिसाब फेरेको भन्दै लिङ्गमा रबर बाँधेर यातना दिने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका १५ गलेश्वर चोकमा रहेको न्यू लाइफ होस्टलमा ६ वर्षीय बालकलाई वार्डेन जानुका नेपालीले यातना दिएको कास्की प्रहरी निमित्त प्रवक्ता डिएसपी दिपक केसीले जानकारी दिए।

नेपालीले बालकको लिङ्गमा रबर बाँधिदिएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो।

पक्राउ परेकी महिला नुवाकोट पञ्चकन्या गाउँपालिका २ स्थायी घर भई हाल पोखरा १४ मा बस्दै आएको प्रहरीले जनाएको छ।

डिएसपी केसीका अनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिकाविरुद्धको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति प्रहरीले लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Views: