d

किसान र गोठालाबीच झगडा हुँदा ४५ किसानको मृत्यु,

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

नासारावः नाइजेरियाको मध्य राज्य नासारावमा किसान र गोठालाबीचको झगडाले उग्र रुप लिँदा कम्तीमा ४५ किसानको मृत्यु भएको छ। शुक्रबारदेखि सुरु भएको सो झडपमा कम्तीमा ४५ किसानको मृत्यु भएको हो।


नाइजेरियाका राष्ट्रपति मुहम्मादु बुहारीले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्। सो झडपमा परी दर्जनौं मानिस गम्भीर घाइते भएको सो विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति बुहारीले सो घटना हृदयविदारक भएको बताउँदै मृतकप्रति शोक व्यक्त गरेका छन्। सो घटनाका दोषीलाई सरकारले कडा कारबाही गर्नेसमेत उनले बताएका छन्।

स्थानीय प्रहरीका अनुसार जातीय समूह फुलानी र टियभबीच शुक्रबारदेखि झगडा सुरु भएको थियो। सो समूहले एक-अर्को समूहका कृषक र गोठालाई दोषारोषण गर्दै सुरु भएको झगडाले आइतबारसम्म हिंसाको रुप लिएको थियो। 

 

Image: Al Jazeera

Views: