d

गाउँ देखि सहर सम्म लिङ्देनकै चर्चा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि राजेन्द्र लिङ्देनको चर्चा निकै चुलियो । अध्यक्षमा निर्वाचित भएपछि जस्तो चर्चा चुलिएको थियो त्यो भन्दा धेरै उनको अभिव्यक्ति र उनले गर्ने कामले उदुमै मच्चाएको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा लिङदेनले दिएको अभिव्यक्तिले महाधिवेशनको उद्घाटन सत्र लिङ्देनमय बन्यो भने संसदको रोस्टममा उभिएर उनले राखेको अडान झन धेरै चर्चाको विषय बन्यो ।

त्यसको अलवा उनले नेकपा एमालेका हजारौँ कार्यकर्तालाई राप्रपामा भित्र्त्राएर छक्का हानेका छन् । यो विषयले ओलीलाई ठूलो झट्का लागेको छ ।

प्रतिनिधिसभामा राप्रपाको मतबाट विजयी भएको आरोप लाग्ने गरेका ओलीलाई यो विषयले निकै तनाव दिएको छ । नेकपा एमालेका अध्यक्ष केपि ओलिको गृह जिल्लामा लिङ्देनले १ हजार ३ सय ५६ जनालाई आफ्नो पार्टीमा प्रवेश गराएका छन्।

Views: