d

भक्तपुरमा आँगनको नालीमा लड्दा वृद्धको मृत्यु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 


भक्तपुरमा आफ्नै घरको आँगनको रहेको पानी बग्ने नालीमा लड्दा एक वृद्धको मृत्यु भएको छ।

चाँगुनारायण नगरपालिका ४ चाँगु हल्छाप घर भएका ७४ वर्षीय कान्छा श्रेष्ठ बिहीबार राति आफ्नै घरको आँगनमा रहेको नालीमा लड्दा मृत्यु भएको हो। 

हिँड्ने क्रममा नालीमा लड्दा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारको लागि शंकरापुर अस्पताल जोरपाटी लगिएको थियो। 

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

Views: