d

माओवादी पदाधिकारीमा दावी गर्नेको लर्को, प्रचण्डलाई टक्कर दिने को ?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

टोल, वडा, गाउँ/नगर, प्रदेश अधिवेशन हुँदै नेकपा माओवादी केन्द्र यतिबेला राष्ट्रिय सम्मेलनमा होमिएको छ । ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि’ भनिएको प्रथम राष्ट्रिय सम्मेलनबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव सहित २९९ सदस्यीय केन्द्रीय समिति पनि चयन गरिनेछ ।

माओवादी शान्ति प्रक्रियामा आएयता कहिले बहुमत त कहिले अध्यक्षतात्मक प्रणालीमा सञ्चालन भएको माओवादी केन्द्र राष्ट्रिय सम्मेलनबाट बहुमदमा जाने तयारीमा छ । त्यसका राष्ट्रिय राष्ट्रिय सम्मेलनबाट पार्टीको अन्तरिम विधान संशोधन गर्न गृहकार्य भइरहेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार अन्तरिम विधानमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदाधिकारीमा रहने भनिएपनि संख्या कति रहने भन्ने स्पष्ट नभएकैले सम्मेलनबाट विधान संशोधन गरेर १५ जनासम्मलाई पदाधिकारीमा समेट्नेगरी पार्टीभित्र छलफल भइरहेको हो । ती नेता भन्छन्, ‘राष्ट्रिय सम्मेलनबाट २९९ जनाको पदाधिकारी घोषणा गरिन्छ । त्यसपछि अध्यक्षसहित पदाधिकारीको टुंगो लाग्छ ।’

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड पुनः दोहोरिने निश्चित जस्तै छ । तर पदाधिकारीमा आकांक्षी धेरै भएकाले व्यवस्थापनमा हम्मेहम्मे छ । पार्टीभित्र चुनावको साटो सहमतिको माध्यमबाटै पदाधिकारी चयनमा जोडबल रहने अवस्था रहेकाले सहजै सूची टुंग्याउन सकस रहेको हो ।

माओवादीको पदाधिकारीमा पनि महासचिवमा समीकरण मिलाउन सकस छ । महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र कृष्णबहादुर महराको दावी छ । यस्तै महिलातर्फबाट पम्फा भुसाल पनि यो दौडमा छिन् । यस्तै उपाध्यक्षमा को हुने र शीर्ष नेता नारायणकाजी श्रेष्ठलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय पनि उत्तिकै पेचिलो छ । कोषाध्यक्ष भइसकेका हरिबोल गजुरेल,  गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, शशि श्रेष्ठ, मातृका यादव, शक्ति बस्नेत, महेन्द्र बहादुर शाहीलगायतका नेताहरुको पनि पदाधिकारीमा आकांक्षा छ । उनीहरुले पदाधिकारीका विभिन्न पदमा आकांक्षा देखाएपनि समीकरण र वरियता अनुसारको जिम्मेवारी पाउने नेताहरुको भनाइ छ । लोकान्तर ।

Views: