d

रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा आइतवार हुँदै

Views:
Responsive Image Gallery
Responsive Image Gallery

पुस ९, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आइतवार पुस ११ गते हुने भएको छ ।

कम्पनीले सभा  बिहान ११ बजे अनमोल ब्याक्वेंट शंखमुल, काठमाडौंमा शुरु हुने जानकारी दिएको छ । सभाले ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तव पारित गर्नेछ । 

त्यसैगरी सभाले कम्पनीको नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने र आव २०७६/ ७७ मा संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहयता वापतको रकम रू. ७ लाख ५० हजार अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर २६ गते एक दिन बन्द भइसकेको छ । यस आधारमा मंसिर २५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

Views: