d

नेरुडे लघुवित्तसहित ३ ओटा कम्पनीको साधारण सभा आज

Views:
Responsive Image Gallery
Responsive Image Gallery

  
पुस ९, काठमाडौं । तीन अलग अलग कम्पनीको साधारण सभा शनिवार  हुने भएको छ । 

नेरुडे लघुवित्त वित्तीय संस्था,घोडीघोडा लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । 

नेरुडे लघुवित्त वित्तीय संस्थाले सभा बिहान ११ बजे उद्योग संगठन मोरंगको सभाहल विराटनगरमा शुरु गर्ने जानकारी दिएको छ । सभाले २१ दशमलव ४८ प्रतिशत बोनस शेयर र १ दशमलव १३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गतेदेखि पुस १० गते बुक क्लोज गर्ने बताएको छ । यस आधारमा मंसिर २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 

त्यसैगरी घोडीघोडा लघुवित्तले छैठौं वार्षिक साधारण सभा शनिवार होटल  रुबस, धनगढी, कैलालीमा बिहान १० बजेबाट सभा शुरु गर्ने जानकारी दिएको छ । 
सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी सपोर्ट लघुवित्त वित्तीय संस्थाले बगान फेमिली रेष्टुरेन्ट एण्ड लाउन्ज बार प्रालि इटहरीमा बिहान ९ बजेदेखि सभा शुरु गर्ने जानकारी दिएको छ ।

सभाले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १ गते शेयरधनीदर्ता पुस्तिका बन्द गरिसकेको छ ।यस आधारमा मंसिर २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 
आर्थिक अभियान

Views: