d

मावोबादीको महाधिवेशन की राष्ट्रिय सम्मेलन?

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले भोलिबाट सुरु हुने प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ। शनिबार साँझ बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो।

यसअघि राष्ट्रिय सम्मेलन भनिए पनि पार्टीमा आकर्षण बढ्दै गएकाले महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरिएको बताइएको छ।  

माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सेल, टोल, वडा, पालिका हुँदै प्रदेशसम्म महाधिवेशनकै रुपमा अधिवेशन भनिएकाले केन्द्रलाई पनि राष्ट्रिय सम्मेलन नभनेर महाधिवेशन भनिएको बताईएको छ।  

Views: