d

टोपाज ब्लेडले दारी काट्छ, मुडा चिर्दैनः ओली

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टोपाज ब्रान्डले दारी काट्ने तर मुडा चिर्ने काम गर्न नसक्ने बताएका छन्।

गृह जिल्ला झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै ओलीले आफू मुडा चिर्ने काममा व्यस्त भएको बताए।

मुडा चिर्ने काम देश बनाउने भएकाले टोपाज ब्लेडरुपी नेताहरूले देश बनाउने काम गर्न नसक्ने ओलीले बताए।

उनले भने, ‘यी नेताहरू टोपाज ब्लेड हुन्। दारी काट्न सक्लान्। मुडा चिर्न सक्दैनन्।’

गठबन्धनका दलका नेतालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका घरमा मागी खान जाने गरेका ओलीको व्यंग्य थियो।

शनिवार बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘देउवाजीले केही दिएर पठाइदिए हुने। खान माग्न गएका छन्। मैले संसदमा पनि भने।’

शनिवार अपरान्ह आयोजना गर्ने भनिएको कार्यक्रम साँझ अबेर मात्र ओली बिर्तामोड आइपुगेका हुन्।

आइतबार र सोमबार ओली आफ्नै निर्वाचन क्षेत्रमा आयोजित विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

एमाले अध्यक्ष ओली सोमबार साँझ काठमाडौं फर्किनेछन्।  उमाकान्त खनालले देश संचारमा खबर लेख्नु भएको छ । 

Views: