d

सूर्यमा ग्रहण लाग्यो, असली चुनाव चिह्न कलमः माधव नेपाल

Views:
Responsive Image Gallery
Responsive Image Gallery

दाङ – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेको चुनाव चिह्नमा ग्रहण लागेको भन्दै असली चुनाव चिह्न कलम भएको र यसैले वर्गीय मुक्ति गर्ने दाबी गरेका छन्।

दाङको पाखापानीमा एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
‘एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लाग्यो, असली चुनाव चिह्न कलम हो’, उनले भने, ‘हामीले राम्रो काम गरेर जनताको मन जित्दै छौँ।’
नेपालको इतिहास अगाडि बढिसकेको भन्दै पछि फर्किन नसक्ने ठोकुवा गरे।

राजावादी पार्टीको सपना कहिल्यै साकार नहुने उनले बताए। उनले भने, ‘अब नेपाल गणतन्त्रबाट पछाडि हट्न सक्दैन, संघीयताबाट पछि हट्न सक्दैन।’

नेकपा एकीकृत समाजवादी पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीको अध्यक्षता तथा पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई केन्द्रीय सदस्य, कानुन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती, लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, केन्द्रीय उपमहासचिव प्रकाश ज्वालालगायतले सम्बोधन गरेका थिए।

जिल्ला इन्चार्ज जोगबहादुर रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विभन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। प्रशिक्षण आइतबारसम्म चल्नेछ। देश संचार । 

Views: