d

कालापानी-लिम्पियाधुरा क्षेत्र भारतमा पर्नेगरी नक्शा जारी, महाकाली नदीको नामै फेरियो 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका नेपाली भूभाग आफ्नो तिर पार्न भारतले महाकाली नदीको नामै फेरेर नयाँ नक्सा जारी गरेको छ।

भारतीय सर्वेक्षण विभागले काली (महाकाली) नदीको नामै फेरेर नयाँ नक्सा जारी गरेको छ।

हालै जारी गरिएको भारतको राजनीतिक नक्साको दशौं संस्करणमा काली नदीलाई ‘कुटी याङ्ती’ भनेर देखाइएको छ।  अंग्रेज भाषामा प्रकाशित यो नक्सामा भारतले कालापानी क्षेत्रको नेपाली भूभागलाई आफ्नोतिर पार्ने गरी महाकाली नदीको नाम फेरेको देखिन्छ।

भारतले निकालेकाे नयाँ नक्सामा लिम्पियाधुरा मुहान भएको काली (कुटी याङ्ती) र लिपुखोलाको दोभानदेखि तल (दक्षिणलाई) काे भागलाई मात्र काली भनिएको छ।

जबकि यसअघि निकालेको नक्सामा लिम्पियाधुरा मुहान भएको नदीलाई काली भनेर उल्लेख थियो। यसअघिका सबै नक्सामा लिम्पियाधुराबाट निस्कने नदीलाई नै काली (महाकाली) भनिएको छ।

हिमाल खबरमा प्रकाशित समाचार  

Views: